Ad Code

Your Page Title

छप्पङ कपको तेस्रो दिन रिमिक्स, सामरी, नागिनथान र फलाँटेको जीत

नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं. ६ मैबलको छप्पङमा जारी चौथौँ छप्पङ कप तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ को तेस्रो दिन चार खेलहरु सम्पन्न भएका छ। पहिलो खेलमा रिमिक्सले नवस्टार ए लाई ४-० ले पराजित गरी क्वाटरफाइनमा आफ्नो स्थान बनाएको छ भने दोस्रो खेलमा सामरीले किम्ताङलाई १ को विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै प्रि क्वाटर-फाइनलमा वाका राहासँगको भेट तय: गरेको छ। दिनको तेस्रो खेलमा कल्लाबारी एलाई १-५ को गोल अन्तरले पाखा लगाउँदै नागिनथानले प्रि क्वाटर-फाइनलको टिकट काटेको छ। आजको चौथौँ खेल भने आयोजक टुँडी राहा जीले मिर्जापुरलाई WALKOVER दिएको थियो। मिर्जापुरले प्रि क्वाटर-फाइनलमा नागिनथानको सामना गर्नेछ। ते्स्रो दिनको अन्तिम खेलमा नवस्टार बीलाई ०-२ ले पराजित गर्दै फलाँटेले जीत निकाल्न सफल भएको थियो। फलाँटेले प्रि क्वाटर-फाइनलमा प्रारम्भिक चरण नखेली प्रि क्वाटर-फाइनलमा प्रवेश पाएको चौताराको सामना गर्नेछ। तेस्रो दिनको खेलहरुको समाप्‍तसँगै प्रि क्वाटर-फाइनलको समीकरण पनि पूरा भएको छ। चौथौँ दिनबाट प्रि क्वाटर-फाइनलका खेलहरु हुनेछन्।



भोलिका खेलहरु

विहान १० बजे: कन्यास्थान ए vs जोर चौतारा
विहान ११:३० बजे: VIP राईसिंह vs टुँडी राहा सी
दिउँसो १ बजे: सामरी vs वाका राहा
दिउँसो २:३० बजे: परमचेत vs कल्लाबारी ए
दिउँसो ४ बजे: फलाँटे vs चौतारा












Post a Comment

0 Comments