Ad Code

Your Page Title

कन्यास्थानले जित्यो चौथौँ छप्पङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२

यही असोज ८ गतेबाट विजया दशमीको अवसर पारेर सुरु भएको चौथौँ छप्पङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ आज सम्पन्न भएको छ। मौसमको प्रतिकुललाई ध्यानमा राखि निर्धारित समय भन्दा केही पहिले सुरु गरिएको फाइनल खेलमा सुरुबाटै कन्यास्थान हावी देखियो। कन्यास्थानले खेलको सुरुमै २-० को अग्राता लिएको खेलमा प्रतिद्वन्दी चौताराले १ गोल फर्काएर खेलमा फर्कने कोशिश गर्यो तर त्यो कोशिश पर्‍यप्त भएन साथै कन्यास्थानले फेरि दुई गोल थपेर खेललाई ४-१ को स्थितिमा पुर्यायो। दोस्रो हाफको करिब १० मिनेटको खेल चलिरहदा खेलमा केहि तनाव सिर्जना हुन पुग्यो तर उक्त तनाव केही समयको छलफलमा समाधान भयो तर खेल भने सुरु हुन सकेन। वाँकी समयको खेल नहुने भएसी कन्यास्थानले समग्रमा ४-१ को नतिजा निकाल्दै उपाधि आफ्नो पोल्टोमा पार्‍यो। फाइनल खेलको म्यान अफ द म्याच सुवास तामाङ घोषित भयो। कन्यास्थानले उपाधिसँगै नगद रु.३५,०००/-, ट्रफी, प्रमाण-पत्र र मेडल प्राप्‍त गरे भने उप-विजेता चौताराले नगद रु.१५,०००/-, ट्रफी, प्रमाण-पत्र र मेडल प्राप्‍त गर्‍यो। सेमी-फाइनलिस्ट वाका राहा युवा क्लब र नागिनथान युवा क्लबलाई क्रमश: नगद रु.५,०००/५,०००, मेडल र प्रमाण‍-पत्र प्रदान गरिएको थियो।


समापन कार्यक्रमका सभपति टुडी राहा युवा क्लबका अध्यक्ष सुनिल तामाङ, प्रमुख अतिथि म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङ विशेष अतिथि म्यागङ गाउँपालिका वडा नं. ६ को अध्यक्ष हरि कुमार तामाङ, अन्य अतिथिहरुमा वडा सदस्य द्वय वीर बहादुर तामाङ र गोविन्द सापकोटा, बैजयन्ती शिक्षा निकेतन मा.वि. का वि.व्य.स. अध्यक्ष कृष्‍ण तामाङ तथा गाउँका वुद्धिजीवि, समाजसेवी, खेलप्रेमीहरुको बाक्लो उपस्तिथि रहेको थियो।


समापनका वक्तहरुले टुडी राहाको यो प्रयासको खुलेर प्रसंशा गर्नुका साथै आगामी दिनहरुमा पनि निरन्तरता र अझ सव्य भव्य बनाउन हौसाला र शुभकामना दिएका थिए। मन्तव्यको क्रममा पालिका अध्यक्ष तामाङले टुडी राहा युवा क्लबको छप्पङ खेल मैदानलाई अझ स्तरीय बनाउन गाउँपालिका र वडाले संयुक्त रुपमा हेर्ने र क्लबलाई आवश्यक रहेको क्लब भवनको लागि चालु आ.व. मा गाउँपालिकाबाट रु.१०,००,०००/- विनियोजन गरेको कुरा बताउनु भएको छ। हाललाई खेल मैदान 7A Side को रुपमा रहेकोमा आगामी दिनहरुमा वजेट व्यवस्था गरि मिल्ने सम्मको आकारमा खेल मैदानलाई बढाएर स्तरीय र सुविधा सम्पन्न बनाउन जनप्रतिनिधि र गाउँपालिका सकारात्मक रहेको कुरा पनि बताउनु भएको छ। 



प्रतियोगितामा व्यक्तिगत तर्फ
१. उत्कृष्‍ट खेलाडी: विवेक तामाङ (चौतारा युवा क्लब)
२. उच्च गोलकर्ता: सुवास तामाङ (१० गोल: कन्यास्थान युवा क्लब)
३. उत्कृष्‍ट किप्पर: अमृत तामाङ (कन्यास्थान युवा क्लब)
४. उत्कृष्‍ट डिफेण्डर: सन्जिव तामाङ (कन्यास्थान युवा क्लब)



सोही समारोहमा मैबल गाउँका १२ वर्ष मुनिका दुई समूह वीच भएको खेलको विजेता समूहलाई प्रमाण-पत्र र मेडल प्रदान गरिएको थियो। साथै यस प्रतियोगितालाई सव्य भव्य बनाउनु देश तथा विदेशबाट आर्थिक सहयोग गर्नु हुने दाताहरुलाई प्रमाण-पत्र प्रदान पनि गरिएका थिए।


Post a Comment

0 Comments