मैबलमा जारी चौथौँ छप्पङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ मा आज चौथौँ दिन चार खेलहरु सम्पन्न भएको छ। विहान १० बजे भएको कन्यास्थान ए र जोर चौतारा वीचको खेलमा कन्यास्थान एले १-० को नतिजा निकाल्दै क्वाटर-फाइनलको यात्रा तय: गर्यो भने ११:३० को लागि निर्धारण गरिएको खेलमा VIP राईसिंहले आयोजक टुँडी राहा सीलाई WALKOVER (W/O) दिएसी टुँडी राहा सीले यस प्रतियोगिता अन्तरगत कुनै पनि खेल नखेली क्वाटर-फाइनलमा आफ्नो स्थान बनाएको छ। दिनको दोस्रो खेलको भिडन्तमा बाजी भने नागिनथानले मारेको छ। अत्ति नै प्रतिस्पर्धात्मक खेलमा नागिनथानले मिर्चापुरलाई २-१ को अन्तरले पाखा लगाएर क्वाटर-फाइनलको टिकट काटेको छ।
आजको तेस्रो खेलमा कल्लाबारी वीले परमचेतको सामना गरेको थियो। जुन खेलमा दुवै टीमले निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेसी नतिजाको लागि पेनाल्टी सुट आउटको साहरा लिनु परेको थियो। पेनाल्टीमा कल्लबारी वीलाई २-४ ले स्तब्ध पार्दै परमचेतले पनि क्वाटर-फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। दिनको अन्तिम खेलमा चौतारा र फलाँटेवीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा बाजी भने चौताराले मारेको थियो। खेलको अन्तिमतिर झडपको स्तिथि सिर्जना भएको खेलमा चौताराले २-१ को नतिजा निकाल्दै क्वाटर-फाइनलमा रिमिक्ससँगको भेट निश्चित गरेको छ।
0 Comments