Ad Code

Your Page Title

छप्पङ कप २०८२ को उपाधिको लागि कन्यास्थान र चौतारा भिड्ने

नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं. ६ मैबलमा जारी चौथौँ छप्पङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ को उपाधिको लागि नुवाकोट जिल्ला म्यागङ गाउँपालिका वडा नं. ६ पुरानोपानीको कन्यास्थान युवा क्लब बी र धादिङ जिल्ला नेत्रावती डपजोङ गाउँपालिकाको वडा नं. ३ चौताराको चौतारा युवा क्लबवीच फाइनल हुने भएको छ। आज भएको पहिलो सेमी-फाइनल खेलमा उपाधि दावेदारको रुपमा हेरिएको नागिनथान युवा क्लबलाई ०-२ गोल अन्तरको स्तब्ध पार्दै कन्यास्थान वीले उपाधि नजिक पुगेकोछ। दोस्रो सेमि-फाइनलमा धादिङको वाका राहा युवा क्लबलाई २-३ गोलले पाखा लगाउँदै धादिङकै चौतारा युवा क्लबले कन्यास्थानसँग उपाधिको लागि आमुन्‍ने सामुन्‍ने हुने आफ्नो दावेदारी प्रस्तुत गरेको छ। फाइनल खेल असोज १७ गते दिउँसो २ बजे सुरु हुने समयतालिका रहेको छ। खेल मैदानको स्थानको लागि यहाँ क्लिक गर्नुहोस्।




 

Post a Comment

0 Comments