Ad Code

Your Page Title

छप्पङ कप फाइनलको लागि धादिङसँग धादिङ र नुवाकोटसँग नुवाकोट भिड्ने

नुवाकोट जिल्ला म्यागङ गाउँपालिका वडा नं. ६ मैबलमा जारी चौथौँ छप्पङ तथा प्रथम अध्यक्ष कप २०८२ को सेमि-फाइनल समीकरण पूरा भएको छ। जुन समीकरण अनुसार धादिङ जिल्लाको चौतारा युवा क्लबले धादिङकै वाका राहा युवा क्लबको सामना गर्ने छ भने अर्को सेमि-फाइनलमा नुवाकोटको कन्यास्थान युवा क्लबले नुवाकोटकै नागिनथान युवा क्लबसँग भिड्नेछ।


आज भएको अन्तिम प्रि- क्वाटर-फाइनल खेलमा सामरीलाई १-२ गोल अन्तरले पाखा लगाउँदै वाका राहाले क्वाटर-फाइनलमा कन्यास्थान एसँगको भेट तय: गरेको थियो। आजको दोस्रो तथा पहिलो क्वाटर-फाइनल खेलमा रिमिक्स र चौताराले निर्धारित समयमा २-२ को बराबरी खेलेसी नतिजाको लागि पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउटमा बाजी भने चौताराले मार्‍यो र सेमी- फाइनलमा स्थान बनाउने पहिले टीम बन्यो। 

तेस्रो खेलमा टुडी राहाले कन्यास्थान बीको सामना गर्‍यो तर टुडी राहाले घरेलु दर्शकको साथको बाबजुद पनि खेल कन्यास्थानलाई ०-२ को गोल अन्तरले सुम्पिनु पर्‍यो। दिनको चौथौँ खेल प्रतियोगिताको सुरु देखि नै उपाधिको दावेदारको रुपमा हेरिएको नागिनथानले परमचेत सामना गर्‍यो र आफ्‍नो दावेदारलाई जिउँदै राख्‍न उसले परमचेतलाई ०-३ को गोल अन्तरले पराजित गर्दै आफुलाई उपाधिको नजिक पुर्‍याएको छ। अब नागिनथानले सेमि-फाइनलमा कन्यास्थान वीसँग फाइनलको लागि भिड्नेछ।  आजको अन्तिम तथा चौथौँ क्वाटर-फाइनल खेलमा आजै मात्र प्रि क्वाटर-फाइनलमा सफल भएर आएको वाका राहाले आफूहरु आज दोस्रो खेल खेलिरहेको महसुस नदिइ कन्यास्थान एलाई ०-२ को गोल अन्तरले पाखा लगाउँदै चौतारासँगको सेमि-फाइनल भिडन्त पक्क गरेको छ।

वियजा दशमी २०८२ सालको अवसरमा आयोजना भएको यस प्रतियोगिता असोज ८ गतेबाट सुरु भएको थियो। असोजको १३ र १४ गते दशैं मनाएर असोज १५ र १६ क्रमश: सेमि-फाइनल र फाइनल गर्ने समयतालिका रहेको यस प्रतियोगितामा भोलि असोज १३ र पर्सि १४ गते कुनै खेल हुने छैन। प्रतियोगिताको संयोजक सुमन तामाङका अनुसार असोज १५ गते हुने सेमि-फाइनलको पहिलो खेल मध्यन्ह १२ र दोस्रो खेल दिउँसो २ बजे हुने समयतालिका रहेको व्यहोरा जानकारी दिनुभएको छ। सम्पूर्ण खेलप्रेमीहरुलाई विजया दशमीको शुभकामना तथा सेमि-फाइनलिस्ट चारै ओटा टीमलाई सफलताको आग्रिम शुभकामना। खेल मैदानको लोकेशनको लागि यहाँ थिच्नुहोस्।











Post a Comment

0 Comments