Ad Code

Your Page Title

कन्यास्थान ए र परमचेतको जीतसँगै चौथौँ छप्पङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ सुरु

मैबलको टुँडी राहा युवा क्लबको आयोजना रहेको "चौथौँ छप्पाङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ आजबाट आयोजक क्लबको छप्पङ स्थित छप्पङ फुटबल खेल मैदान सुरु भएको छ। उद्घाटन खेलमा आयोजक टुँडी राहा डीलाई १-३ ले निराश पार्दै पुरानोपानीको कन्यास्थान युवा क्लबले जीत हासिल गरेको थियो। यो जीतसँगै कन्यास्थानले जोर चौतारा र ओख्रेनीसँगको विजेतासँगको भेट निश्वित गरेको छ।

 


आज नै दिउँसो २ बजे भएको दोस्रो खेलमा अर्को आयोजक टुँडी राहा ए लाई शून्यको विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै परमचेतले पनि अर्को चरणको टिकट काटेको छ। आयोजकका अनुसार भोलि दोस्रो दिन ५ खेलहरु हुनेछन्। 


 

जस अनुसार:

विहान १० बजे: टुँडी राहा ई विरुद्ध VIP राईसिंह

विहान ११:३० बजे: प्लेनप्लेन विरुद्ध कन्यास्थान बी

दिउँसो १ बजे: जोर चौतारा विरुद्ध ओख्रेनी

दिउँसो २:३० बजे: टुँडी राहा बी विरुद्ध वाका राहा र

दिउँसो ४ बजे: टुँडी राहा एफ् विरुद्ध कल्लाबारी बी 

Post a Comment

0 Comments